जेन कार्टरले अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएकाृ हो जसका लागि उहाँले सुरीमा आफ्नो शोधपत्र तयार गर्नृभएको थियो । त्यसको वर्णन यो वेभसाइटमा गरिएको छ । उहाँले सन् १९९७ देखि स्वीस सहयोग र अन्तराष्ट्रिय सहयोगका लागि स्वीस प्रतिष्ठानसँग काम गर्नुभएको छ । उहाँ सामुदायिक प्राकृतिक श्रोत व्यवस्थापन विज्ञ हुनुहुन्छ ।

यो संस्था हेलभेटाज्सँग सन् २०११ जुलाईमा गाभिएपछि उहाँ हेलभेटाज् स्वीस सहयोगकी लैङ्गिक तथा समाजिक समता संयोजक हुनु भएको छ ।

अञ्जना लुईंटेलले काठमाडौं विश्वविद्यालयबाट मानव तथा श्रोत संसोधन केन्द्रबाट स्नात्तकोत्तर गरेकी हुन् । उनी वातावरण तथा युवाका क्षेत्रमा काम गर्ने संस्था ‘यात्रा’की अध्यक्ष हुन्


चित्र तथा तस्वीरहरु
सन् १९९० मा पाटन दरबार स्क्वायरका एड्भेन्चर आर्ट ग्यालरीका सानु काजीले बनाउनु भएको चित्रहरु यस वेभसाइटमा प्रयोग गरिएको छ

भित्र अध्यायमा प्रयोग भएका चित्रहरु अख्तर शाहका हुन्
तस्वीरहरु सबै जेन कार्टरले लिनुभएको हो भने उहाँकै दुई तस्वीर भने ब्रह्म धोज गुरुङ्ग र अनुपमा महतले लिनुभएको हो

read more

यस वेभसाइट सुरीका कुरामा सुरीका कथाहरु संगालिएका छन् । सुरी, दोलखा जिल्लाको एउटा गाउँ हो जुन सन् १९७० देखि २०१० सम्म स्वीस विकास सहयोगको प्रमुख कार्यक्षेत्र रहेको थियो ।
सन् १९८८ देखि १९८९सम्म सुरीका दुई वस्ती नाक्पा र सुरीगाउँका दुई परिवारसँग जेन कार्टर बस्नुभएको थियो । बीस वर्षपछि उहाँ त्यहाँ बारम्बार जानुभयो र त्यो समयको अन्तरालमा सुरीका गाउँलेहरुको जीवनमा आएको परिवर्तनलाई समेटेर यस वेभसाइटमा उतार्नुभएको हो ।
बाहिरीको आँखाबाट देखिएको र सुरी कै गाउँलेले महसुस गरेको परिवर्तनलाई यस वेभसाइटमा भएका दसवटा अध्यायले अगाडि ल्याएको छ । यहाँका परिवर्तनले नेपालमै भएका सामाजिक परिवर्तनको अंशलाई देखाउँछ । सुरीका मानिसहरुको बाहिरी संसारसँगको अन्तक्रियाले ल्याउने अवसर तथा चुनौतिहरुले नेपालको ग्रामीण भेगको मात्र नभई विश्वभरिकै विकासोन्मुख देशका अवस्था दर्शाउँछ ।

read more

“सुरीका कुरामा” थुप्रै मानिसहरुको प्रसंङ्ग बारम्बार आइरहन्छ । तसर्थ उहाँहरु को हुनुहुन्छ वा हुनुहुन्थ्यो भन्ने बारेमा यसले संक्षिप्त परिचय दिनुका साथै उहाँहरुको बीस वर्ष अगाडिको अवस्था र अहिलेको अवस्थालाई पनि बताउँछ ।

सुरीको कुरामा उहाँहरुको थरअनुसार वर्गीकरण गरिएको छ । नेपालका गाउँहरुमा आज पनि मानिसको नाम काटेर बोलाउने चलन छैन त्यसलै कुनै साइनो लगाएर मात्रै कुरा गर्ने गरिन्छ । उदाहरणका लागि कुनै नचिनेको महिलालाई पनि दिदी, बहिनी, आमा, हजुरआमा भनेर बोलाउने चलन छ । यदि बच्चा छ भने फलानोकी आमा वा बुबा भनेर बोलाउने चलन पनि छ ।

read more

यस वेभसाइटलाई पूर्णता दिन धेरैजनाको योगदान रहेको छ र यसमा सबैभन्दा बढी योगदान सुरी कै गाउँलेको रहेको छ । विशेषगरि म रुक्मणी, तोमतार र जगत कार्की, कुमार कार्की, राधिका आचार्य, पद्म बहादुर तथा सिता तामाङ्ग, हस्त लाल, तीर्थमाया र काँइली विश्वकर्मा, हेम बहादुर घोटाने, जीरा गुरुङ्ग, वीरमाया सुरेल र बूढे शेर्पाप्रति विशेष आभार व्यक्त गर्दछु तर उहाँहरुको साथसाथै अन्य जसले मसँग समय बिताउनुभयो, सुरीका बारेमा थुप्रै जानकारी दिनुभयो वहाँहरुप्रति पनि आभार व्यक्त गर्दछु ।

read more