आजबाट भोलिसम्म

अन्तिम अध्यायमा सुरीमा सन् १९८०देखि आजको दिनसम्म भएका विकासलाई सारांशमा लेखिएको छ । यो अध्यायमा त्यहाँको सहकारी, बिजुली र सायद निकट भविष्यमा पुग्ने बाटो र गाउँलेका भविष्यका सपनाहरुलाई उतारिनुका साथै विशेषगरि बाहिरी निकायहरुले स्वीस विकास सहयोगले नेपालको ग्रामीण भेगमा ल्याएको परिवर्तनका बारेमा लेखिएको छ ।

द्वन्द्वको रक्तपातले मानिसको जीवनमा प्रभावित पारे तापनि धेरैका अनुसार बीस वर्ष अघिको भन्दा अहिलेको अवस्था सुध्रिएको छ र मेरो पनि यही विचार छ । सुरीका गाउँलेहरु अहिले राम्रो खाना, पहिरन तथा सूसूचित छन् र त्योभन्दा पनि उनीहरु जागरुक भएका छन् ।