किन

पहिलो अध्यायले लेखकको परिचय दिनुका साथै उहाँको सुरीमा बस्नुको कारणका बारेमा भन्छ । बीस वर्षपछि उहाँको भ्रमण राजनीतिक विकास क्रम विशेषगरि माओवादीको सशस्त्र द्वन्द्वको (१९९६–२००६)परिपेक्ष्यमा उभिएको छ । तर सुरीका गाउँलेमाथि परेको यस द्वन्द्वको प्रभाव भने अध्याय ३ मा उल्लेख गरिएको छ ।

पश्चिमी मुलुककी एक युवती एक वर्षभन्दा बढी आफ्नो परिवार साथी र आधुनिक जीवनको सुविधा छोडेर नेपाली गाउँमा किन बस्न चाहन्छिन् ? खासमा यस्ता धेरै विदेशी छन् जो यस्तो चाहन्छन् तर संसारभरि नै यस्तो विकटता पाउन दिनप्रतिदिन गाह्रो हुँदै छ । यदि मैले २० वर्षभन्दा अघि चुनेको बाटोका बारेमा केही व्यख्या चाहिन्छ भने भर्खरै म जुरिक विमानस्थल जाँदै गर्दा रेलमा भएको एक घटनाले उचित वर्णन गर्न सक्छ ।