बसाईंसराईं

विकासोन्मुख देशबाट विकसित देशमा रोजगारी खोज्दै हिँड्ने विश्वमै चलिआएको प्रक्रिया हो र यसबाट नेपाल पनि अछूतो छैन । यस अध्यायमा सुरीका दुई गाउँलेले आफू मलेसिया र कुवेतमा काम गर्न गएको अनुभव सुनाएका छन् ।

हिउँदे वाली भित्र्याएपछि जब घरमा खाना र बाहिरी कामको अभाव हुँदा तपाईं के नै गर्न सक्नुहुन्छ र ? आफ्नो गाउँबाट बाहिर काम खोज्ने एउटा मात्रै विकल्प भए तापनि त्यो पूरै सुरक्षित भने हुँदैनथ्यो । बसाईंसराईं (अस्थायी वा स्थायी) बीस वर्षअघि पनि सुरीका मानिसको जीवनशैलीको अभिन्न अङ्ग थियो किनकी थुप्रै परिवारसँग थोरै जमिन थियो जसको उब्जनीले परिवार पाल्न धौधौ नै हुन्थ्यो । तर यो क्रम सुरीमा मात्रै नभई पूरै देशभरि नै फैलिएको छ ।

Leave a Reply