बिरामी पर्नु

सन् १९८० को अन्त्यतिर सुरीमा पाइने स्वास्थसेवा एकदमै न्यूनतम थियो र प्रायजसो गाउँले झाँक्रीकोमा नै जान्थे । आफ्नै अनुभवको आधारमा झाँक्रीको व्यवहारलाई यस अध्यायमा उल्लेख गरिएको छ र अहिलेको स्वास्थसेवाको अवस्थाका बारेमा पनि बयान गरिएको छ ।

काठमाडौंमा बस्ने एक साथीले मलाई “जति नै दुःख लागे पनि तिमी यस्तो ठाउँमा बसेर गाउँले मरे भनेर दुःखित हुनु हुँदैन” भनेर सल्लाह दिएका थिए । साधारण तथ्याङ्क अनुसार पनि अठार महिनामा तिमीले भेट्ने मानिसहरुमा केहीको मृत्यु हुनु स्वभाविक नै हो । यी शब्दहरु अति नै कठोर भए तापनि झूटा भने थिएनन् । मैंले सुरीमा चिनेको धेरै मानिसहरु मरे र त्यो पनि त्यस्ता रोगले जुन उनीहरु काठमाडौं वा पश्चिमी मुलुकमा भएका भए मर्ने थिएनन् ।