भेदभाव

सन् १९८० को अन्त्यतिर सुरीमा सामाजिक भेदभावले कडा जरा गाडेको थियो जुन बाहिरबाट आएको मानिसलाई सजिलै बताइन्नथ्यो । तर यहाँ मानिसलाई सामाजिक स्थानमा कहाँ राखिएको छ भन्ने सजिलै थाहा पाउन सकिन्थ्यो । यो अध्यायमा दलित तथा महिलाको स्थान त्यतिखेर कस्तो थियो र अहिले कस्तो छ भन्ने बताइएको छ ।

तपाईं जन्मेर केही बुझ्न सक्ने अवस्थामा नपुग्दै यदि तपाईंलाई तपाईं अरुभन्दा कमजोर हुनुहुन्छ भनेर हीनताबोध गराइन्छ भने कस्तो लाग्छ होला ? त्यसमाथि पनि तपाईंले कसैलाई छुनु भयो भने अर्को मानिस प्रदूषित हुनेछ र अरु जातका मानिसलाई सधैं तपाईंले आदर सम्मान गर्नुपर्ने, आँखा नजुधाई र मसिनो स्वरमा उनीहरुसँग कुरा गर्नुपर्ने , त्योभन्दा पनि तपाईंले खाएको भाँडा जुनसुकै ठाउँमा गए पनि माझ्नु पर्ने । अरुसँग नबसी छुट्टै टु्क्रुक्क बस्नुपर्ने र चोखो भनिएको ठाउँजस्तै मन्दिरबाट पनि टाढा रहनुपर्ने किनकी तपाईंले त्यसलाई पनि दूषित नै बनाइदिनु हुन्छ भन्ने धारणा र मान्यताले गाँजेको ठाउँमा पुग्नुभयो भने तपाईंलाई कस्तो अनुभव हुन्छ ? भन्ने बारेमा यसले वर्णन गर्दछ ।