यथेष्ट खानाः खाद्य सुरक्षा

यस अध्यायले सन् १९८० को अन्त्यतिर सुरीका बासिन्दाको पोषणयुक्त खानामाथि कत्तिको पहु्ँच थियो र उनीहहरु वर्षभरि के के खान्थे भनेर वर्णन गर्दछ । यसको सापेक्षतामा पहिलेको र अहिलेको अवस्थासँग दाँज्छ र आलुलाई अहिले सबैभन्दा खेती हुने अन्नको रुपमा स्थापित पनि गराउँछ ।

 

यदि तपाईं आफ्नो खाना पसलमा किन्नुहुन्छ भने त्यसलाई राम्रो वा नराम्रो भनेर वर्गीकरण गर्नुहुन्छ भने त्यो भिन्नै कुरा हो तर यदि तपाईं आफूले नै जोतेर , रोपेर अनि गोडमेल गरी त्यस अन्नलाई पाकेको देख्नुहुन्छ र त्यो मात्रै तपाईंको खानाको श्रोत हो भने त्यसको कुरा बेग्लै हुन्छ । यस्तो परिवेशलाई मैंले सुरीमा आत्मसात गरें । जब पानी पर्दैनथ्यो वा बढी आउँथ्यो वा असिनाले तर्साउँथ्यो तब म पनि अरु गाउँले जस्तै बेचैन भएर आकाशमा हेर्थें । सबैभन्दा अत्यास लाग्ने वातावरण वैशाख जेठको महिनामा हुन्थ्यो । यो मौसममा मकै, आल र गहुँलाई एकैचोटि असिनाले सखाप पाथ्र्यो । त्यसमाथि पनि त्यहाँ सिमान्तकृत भूमिमा जो छन् तिनीहरु मौसमले बढी प्रभावित हुन्थे ।