वन

बीस वर्ष अघिभन्दा अहिले सुरीको वन धेरै नै राम्रो अवस्था छ । यस अध्यायले सुरीको वन पहिले कसको नियन्त्रयणमा थियो र कसरी व्यवस्थापन गरिन्थ्यो लगायत सामुदायिक वनले कसरी मानिसहरु र वनमा सकरात्मक प्रभाव पारेको छ भन्ने कुरा बताउँछ ।

“हरियो वन नेपालको धन ”भन्ने उखान नेपालमा वनको क्षेत्रमा काम गर्नेहरुमाझ धेरै नै प्रख्यात छ । कतिपय नाराभन्दा यसले धेरै नै यथार्थ बोकेको छ किनकी यो ग्रामीण नेपालीको जीवनको एक अभिन्न अङ्ग नै हो । जाडो याममा घर तातो पार्न होस् वा खाना पकाउन, घर बनाउन वा गाइवस्तुको स्याउला नै वन नै त्यसको प्रमुख श्रोत हो । वनमा पाइने बाँसबाट थुप्रै घरायसी कुराहरु (डोको, मुढा, नाङ्गलो आदि)बुनिन्छन्, च्याऊ तथा तामाका साथै कैयौं जडीबुटी लगायत डोरी र सिस्नोको लुगा पनि वनकै श्रोतबाट बनाइन्छ । त्यसमा पनि रसायनिक मलको अभावमा वनले नै कृषिको उत्पादनशीलता बढाउँछ किनकी गाईवस्तुले वनकै घाँस खाएर गोबर दिन्छन् र सुकेका पातहरु पनि वनबाट नै ल्याइन्छ ।