सुरी : गाउँ कसरी रहन गयो

जो नेपालको ग्रामीण भेगका बारेमा अनभिज्ञ छ ऊ यहाँको जातीय विवधताले केही हदसम्म अन्योलमा पर्न सक्छ । यस अध्यायले सुरीको व्याख्या गर्छ र यसको बसोबासको इतिहासलाई पनि जसबाट यहाँको मिश्रित जनजाति भएको वस्ती रहन गयो भन्ने तथ्य परिभाषित हुनपुग्छ।

 

सुरीको ग्रामीण परिवेश देख्दा यहाँ पुस्तौंदेखि खासै परिवर्तन भएको देखिंदैन । तर सत्य त्योभन्दा फरक छ : नेपालका अन्य ग्रामीण भेगजस्तै गत शताब्दीमा सुरीमा पनि थुप्रै परिवर्तन भएका छन् । मानिस तथा साना गाउँको झुण्ड बाहेक यो गाउँ सुचारुरुपमा परिर्वतन भइरहेको छ ।