आभार

यस वेभसाइटलाई पूर्णता दिन धेरैजनाको योगदान रहेको छ र यसमा सबैभन्दा बढी योगदान सुरी कै गाउँलेको रहेको छ । विशेषगरि म रुक्मणी, तोमतार र जगत कार्की, कुमार कार्की, राधिका आचार्य, पद्म बहादुर तथा सिता तामाङ्ग, हस्त लाल, तीर्थमाया र काँइली विश्वकर्मा, हेम बहादुर घोटाने, जीरा गुरुङ्ग, वीरमाया सुरेल र बूढे शेर्पाप्रति विशेष आभार व्यक्त गर्दछु तर उहाँहरुको साथसाथै अन्य जसले मसँग समय बिताउनुभयो, सुरीका बारेमा थुप्रै जानकारी दिनुभयो वहाँहरुप्रति पनि आभार व्यक्त गर्दछु ।सन् २००७ देखि २०१० सम्म म सुरी जाँदा नेपाल स्वीस सामुदायिक वन परियोजनाका कर्मचारीले मलाई सधैं साथ दिनुहुन्थ्यो । कहिलेकाहीं कामकै सिलसिलामा जानुहुन्थ्यो भने प्रायः जसो बिदा कै दिन हुन्थ्यो । सधैं साथ दिने र मेरो नेपालीले काम नदिंदा सधैं संयम भएर मलाई मद्दत गर्ने श्याम खड्कालाई धन्यवाद दिन चाहन्छु । मसँग सुरी जानेहरुमा भरत पोखरेल, ब्रह्म धोज गुरुङ्ग, अञ्जु उपाध्याय, अनुपमा महत र (सुझावका लागि) बिर्ख क्षत्री हुनुहुन्थ्यो भने मिठ्ठा लामिछानेले मैले र्बिसिएका कुरालाई सम्झाउँदै काठमाडौंदेखि दोलखासम्म पुर्याउने र ल्याउने काम गर्नुहुन्थ्यो । त्यसैगरी जुकाले टोकेपछि तुरुन्तै औषधी गर्नुका साथै स्थानीय कलाकार भेटाउनसम्म ध्रुव प्रधानको सहयोगप्रति अति नै आभारी छु ।

दसवर्षसम्म अन्तरसहयोगमा काम गरेका हुनाले संस्थाको नीति अनुसार तीन हप्ता बढी छुट्टी पाएको हुनाले  मैले यसमा आफ्नो समय खर्चने मौका पाएँ । त्यो समय साह«नै मूल्यवान् थियो । त्यसमाथि पनि यस संस्थाले यो वेभसाइट बनाउनमा ठूलो मद्दत गरेको छ ।

पिटर सुल्जर तथा मार्सेल भोन र्अक्स दुवैले पहिलो खाका पढेर  होसाला बढाउने काम गर्नुभएको थियो । अन्य भागमा सुझाव तथा प्रतिक्रिया दिनेमा रुथ इगर, रोर्बट फिसर, रुथ गिल्बर्ट, माऊरा हानोन्, केट मोलेसवोर्थ, दिनेश पौडेल, छिरिङ्ग शेर्पा तथा थोमस स्टाड्टमुलर हुनुहुन्थ्यो भने जेन र्गोनाऊ, कोलिन हुगुइस् तथा हिलारी शेर्पाले यसका अध्यायहरु पढेर सुझाव तथा प्रतिक्रिया दिनुभएको थियो । प्याट्रिक साइबरले मेरा पुराना चित्रहरुलाई डिजिटलमा परिर्वतन गरी वेभसाइटका लागि प्रयोग गर्न सघाएका थिए । अन्त्यमा एल्सा र नोइली लेन्गिलेर जसले सहजै मलाई सुरीका लागि काम गर्न समय दिए र मेरी आमा, जो अहिले हुनुहुन्न, जसले मैंले पठाएका चिठ्ठीलाई मायाले सम्हालेर राख्नुभएको थियो वहाँलाई पनि सम्झन चाहन्छु ।

अन्त्यमा सबैलाई धन्यवाद दिन चाहन्छु ।